दिएर विर्ष तर लिएर कहिले नविर्ष । अज्ञात, पुरानो कोट लगाऊ तर नयाँ पुस्तक किन । लक्ष्मीप्रसाद देवकोटा

19 Dec 2016

पेनाङमा फेरी साहित्यिक माहौल शुरू भएको छ

निकै लामो समयको निस्क्रियता पछि पेनाङमा फेरी साहित्यिक माहौल शुरू भएको छ । यसको नेत्रित्व पेनाङको पुरानो साहित्यिक संस्था उदाउँदो तारा साहित्य समाजले गरेको छ ।  यो संस्था पेनाङमा सन् २००९ मा यहाँ कार्यारत स्रष्टाहरूको पहलमा भएको थियो । यो ब्लगर पनि तिनै संस्थापकहरू मध्येको एकजना हुँ र एक जना दिप दर्शन पनि हुनुहुन्छ । यो पटक डिसेम्बरको १७ तारिक साँझ सृजना साझ अन्तर्गत उनै दिपको एकल गजल वाचन कार्यक्रम गरेर समाजले आफ्नो पुरानो सक्रियताको पुनारगमन गरेको छ । प्रस्तुत छ तिनै अवसरमा कैद भएका केही तस्बिर र दिप दर्शन को बायोग्राफी-














बायोग्राफी
दिप दर्शन
बिक्रम सम्बत २०३८ साल बैसाख २० गते जाजरकोट जिल्लाको भगवती हाउ बिकास समिति को वडा नम्बर-३ अवलगुर्तामा जन्मिनुभएको दिप बहादुर शाही । साहित्यिक क्षेत्रमा दिप दर्शनको नामले चिनिनुहुन्छ । विगत लामो समय देखि परदेशी जिवन बिताईरहनु भएको शाहीको हालको ठेगाना पुलाउ पेनाङ, मलेशिया हो । लेखन विधामा कथा, कविता, हाईकु, मुक्तक लेख्न रूचाए पनि शाहीको प्रमुख विधा गजल नै हो ।
कालो बादल भित्रको चन्द्रमा एकल गजल संग्रह प्रकाशन गरिसक्नु भएको शाहीको गजलहरू मेचीकाली, सृजनाको स्वरहरू र समुन्द्र दन्के पछि संयुक्त गजल संग्रहहरूमा पनि समेटिएका छन् ।
उदाउँदोतारा साहित्य समाज पेनाङको स्थापना देखि संलग्न रहदै आउनुभएको उहाँ विश्व नेपाली साहित्य महासंघको वर्तमान केन्द्रिय सदस्य पनि हुनुहुन्छ भने मुक्तक प्रतिस्ठान शाखा मलेसियाको सदस्य पनि रहदै आउनुभएको छ ।
समाजले प्रकाशन पुञ्ज साहित्य संगालो र ईन्द्रेणी साहित्यिक द्वैमासिक पत्रिकाको कुशल सम्पादकिय जिम्मेवारी पनि पुरा गरिसक्नु भएको छ ।
उहाँले साहित्य र समाज सेवामा गर्नु भएको योगदानको कदर स्वरूप विभिन्न संघसस्थाहरूले सम्मान तथा अभिनन्दन गरिसकेको छन् । प्रवासी नयन साहित्य समाज जोहोर, अनाम मण्डली मलेसिया, विश्व नेपाली साहित्य महासंघ मलेलिया र नेपाल राष्ट्रिय मा.बी. अवलगुर्ताबाट सम्मानित शाही २०६७ सालमा नेपाल राष्ट्रिय नि.मा.बी. भगवतीबाट दोसल्ला ओडाएर अभिनन्दित पनि भैसक्नु भएको छ ।

No comments:

Post a Comment

मेरो चौतारीमा राखिएका सामाग्रीहरु तपाईहरुलाई कस्तो लाग्दै छ । आफ्नो अमुल्य सल्लाह, सुझावहरु तलको कमेन्ट बक्समा राखिदिनु होला । आजको तपाईहरुको सानो सल्लाह उचित प्रतिक्रियाले नै भोलिको मेरो बाटो अझ सहज बन्न सक्ने छ ।
धन्यबाद