दिएर विर्ष तर लिएर कहिले नविर्ष । अज्ञात, पुरानो कोट लगाऊ तर नयाँ पुस्तक किन । लक्ष्मीप्रसाद देवकोटा

19 Dec 2016

पेनाङमा फेरी साहित्यिक माहौल शुरू भएको छ

निकै लामो समयको निस्क्रियता पछि पेनाङमा फेरी साहित्यिक माहौल शुरू भएको छ । यसको नेत्रित्व पेनाङको पुरानो साहित्यिक संस्था उदाउँदो तारा साहित्य समाजले गरेको छ ।  यो संस्था पेनाङमा सन् २००९ मा यहाँ कार्यारत स्रष्टाहरूको पहलमा भएको थियो । यो ब्लगर पनि तिनै संस्थापकहरू मध्येको एकजना हुँ र एक जना दिप दर्शन पनि हुनुहुन्छ । यो पटक डिसेम्बरको १७ तारिक साँझ सृजना साझ अन्तर्गत उनै दिपको एकल गजल वाचन कार्यक्रम गरेर समाजले आफ्नो पुरानो सक्रियताको पुनारगमन गरेको छ । प्रस्तुत छ तिनै अवसरमा कैद भएका केही तस्बिर र दिप दर्शन को बायोग्राफी-

13 Dec 2016

फेक न्युजको प्रभाव

आ-आफ्नै समस्याले गर्दा धेरै नेपाली युवाहरू अहिले विश्वका बिभिन्न देशहरूमा श्रम गरिरहेका छन् । परिवारलाई छाडेर टाडा बसे पछि एकापसमा चिन्ता र चासो झन् बढी हुने गर्छ । साना ठुला जो जस्तो मुलुकमा काम गरे पनि सबैको मन मुटु भनेको एउटै हो । आफ्ना घर परिवारको चिन्ता चासो हुनु र घरकाले बिदेशिएकाहरूको चिन्ता चासो लिनु पनि स्वभाविक नै हो ।
पहिले पहिले यो चिन्ताको निदान हुन समय लाग्थ्यो । अहिले पो देशको अधिकांस भागहरूमा सहज सन्चार सुविधा पुगेको छ र भन्ने बितिकै संसारको जुनसुकै

2 Dec 2016

भेटवार्ता

रहरले लेख्नेहरुले फजल लेख्छन्

कमल संघर्ष
नवोदित गजलकार तथा कवि कमल संघर्ष पश्चिम नेपाल मंगलसेन नगरपालिका ६ ठुलासैन अछाम निवासी हुन् । भर्खरै आˆनो नया एकल गजल संग्रह सडक प्रकाशन गरेर चर्चामा आएका संघर्ष केही प्रतिनिधी गजल स्रष्टाहरु मध्येका एक हुन् । केही समय रेडियो कार्यक्रम सन्चालन तथा उत्पादनको समेत अनुभव सम्हालेका संघर्षसंग आजको मेरो चौतारीको बसाईमा भएको कुराकानीको केही अंश प्रस्तुत छ ।

तपाईलाई मेरो चौतारीको यो बसाईमा स्वागत छ ।
- धन्यबाद यो गह्रुङ्गाे मन बिसाउने अवसर दिनु भएकाेमा मेराे चौतारी र सबिन राईलाई ।

भर्खरै नयाँ गजल कृति सडक प्रकाशन गर्नु भएको छ पाठक प्रतिक्रिया कस्तो आईरहेको छ त ?
-सडक प्रकासाेन्मुख अवस्था देखि नै पाठक हरुकाे माया र सडकलाई देख्ने प्रतिक्षा व्यापक अाएकाे थियाे । अहिले सडक प्रकाशित भई सकेपछि सडक यात्रका लागि असहज कठिन बनेकाे जस्ताे लाग्दैन । पढ्नेहरुले सकारात्मक प्रतिकृया दिएका छन्

सडकमा कस्ता खालका गजलहरू समग्रहित गर्नुभएको छ ?
- सडकमा गजल सङ्ग्रहित छन । मात्र गजल पढ्न चाहानेका लागि बिना प्रकारका गजल सङ्ग्रहित छन

4 Nov 2016

मेरो चौतारीको पाँच वर्षे यात्रा

 हिजो जस्तो लाग्छ मेरो चौतारी ब्लगस्पट डट कमको निशुल्क डोमेन क्रेट गरेको थाहै नपाई पाँच वर्षे यात्रा पुरा भएछ । सुरूमा त्यस्तो लामो यात्रामा गईएला भन्ने ठोस योजना पनि थिएन । मलेसियाको नेपालीहरूको सकारात्मक नकारात्मक गतिविधीको बारेमा केही लेख्नु पर्छ भन्ने त धेरै

3 Nov 2016

मलेसियामा फेरी महंगी बड्यो, नेपालीहरू पनि प्रतक्ष मारमा

अन्दाजी आठ लाख हाराहारीमा नेपाली कामदारहरू बिभिन्न क्षेत्रमा कार्यारत रहेको अनुमान (आधिकारीक तथ्याङ्क छैन) गरिएको मलेसियामा पछिल्लो दिनहरूमा आम्दानीको श्रोत घट्दै गएको छ ।
त्यसै पनि मलेसियामा पछिल्लो दिनहरूमा आर्थिक मन्दीको कारण यहाँको रिङ्गेटको क्रय शक्ती

8 Jun 2016

भेट वार्ता

श्रमीक समयको पर्खाल संग पौठेजोरी खेल्दै लडिरहेको हुन्छ । 

शिव सुवेदी

शिव सुवेदी मलेसियाको प्रवासी साहित्यको पछिल्लो माहौलमा नया नाम हैन । मलेसियामा श्रमिक भएर प्रवेश गरे पनि उनी श्रमिक कै परिचयमा मात्रै सिमित भएनन् र त विभिन्न साहित्यिक तथा सामाजिक संघ सस्थाहरुको जिम्मेवारीहरु पनि सफल्ताको साथ पुरा गरेका छन् । घरदेशमा स्कुले जीवनबाटै साहित्य कोर्न थालेका सुवेदी मलेसियाको छोटो बसाइमा पनि सृजनशील भएरै रहे ।  अहिले उनै सुबेदी मलेसियाको आफ्नो तीन वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्किने तयारीमा छन् । जीवन जिउने अनेक बहानाहरुको खोजीमा विश्वको कुना कन्दरा चहार्ने औसत नेपाली युवाहरु जस्तै सुवेदी पनि मलेसिया आईपुगेका हुन् । स्वदेशमा देखेका सपनाका चाङ्गहरु त साथैमा लिएर फर्किन लागेको बताउने उनै स्रष्टा सुवेदीसंग मेरो चौतारीमा भएको भलाकुसारी केही अंश प्रस्तुत छ-


-तपाईलाई स्वागत छ मेरोचौतारी मा ।
हार्दिक धन्यवाद ,
मेरोचौतारीमा मनको केही कुराहरु राख्ने अवसर दिनु भएकोमा  

-कसरी बितिरहेको छ, परदेशको जिन्दगी ?
उहीँ त हो Duty गयो आयो साथि भाई संग भलाकुसारी गर्यो ।

-परदेश लागेर के पाउनु भो ? के स्वदेशमा देखेको सपनाहरू पुरा भए त ?
सबैभन्दा ठुलो सम्पत्ति आत्मीयता पाएको छु हर क्षेत्रबाट ।
सपना चाहि अपुरै छन फेरी सपनाहरू सबै पूरा भए त जीवन जिउनुको मजा यस्तो कहाँ हुन्थ्यो होला र हा ऽ हाऽ

3 Jun 2016

मलेसियामा नेपालीहरु.............................


कुनै समय नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुकको रुपमा रहेको मलेसिया पछिल्लो चरणमा आर्थिक मन्दीसंगै मलेसिया रिङ्गटिको भाउ घट्नुको साथै महङ्गी बडे पछि यहाा कार्यारत अधिकांस नेपाली श्रमिकहरु स्वदेश फर्किने हतारोमा रहेका देखिन्छन् । बजार भाउ सामान्य भन्दा एक्कासी ह्वात्तै बृद्धि हुनु सरकारले विभिन्न सामानहरुमा अतिरित्त कर (GST) लगाएको छ भने अधिकांस रोजगारदाता कम्पनीहरुले सेवा शुल्क, आवास, पानी, बिजुली र यातायातको खर्च पनि श्रमिकहरुकै टाउकामा थोपरे पछि यहाको आम्दानी घटेको छ । 

त्यस माथि विश्व बजारमा कच्चा तेलको भाउ घटे पछि त्यसको असर मलेसियामा परको छ । मलेसिया रिङ्गटिको सटही दर ह्वात्तै घट्नुमा मुख्य कारण हो । सटही दर घटे पछि नेपाल भित्रिने रेमिट्यान्समा पनि प्रतक्ष असर

19 Mar 2016

मलेसियामा फेरी लेभी बढ्यो

नयाँ बढेको लेभीको दर 
अनेक बहाना बाजी गरेर भए पनि मलेसियन सरकारले बिदेशी कामदारहरुको ढाड सेकेरै छाडेको छ । केहि समय पहिले ह्वात्तै बढाएको बिदेशी कामदार सेवा शुल्क बिभिन्न संघ सस्था, रोजगारदाता कम्पनीहरुको चर्को विरोधले केहि समय थाती राखे पनि पुनर्विचार गरेको भन्दै फेरी नयाँ शुल्क दर सार्वजनिक गरेको छ । यसले अनुमानित आठ लाख नेपालीहरु सहित अन्य विभिन्न देशको बिदेशी नागरिकहरु प्रतक्ष लावान्भित भएका छन् । त्यसो त सम्पूर्ण श्रमिकहरुको न्युनत्तम पारिश्रमिक आर.एम. १००० पुराउने भने पनि अहिले सम्म त्यो निर्णय भने लागु हुन सकेको छैन । अधिकांस श्रमिकहरुले अझै  न्युनत्तम आर. एम. ९०० मै मासिक श्रम गरिरहेका छन् । कतिपय कम्पनीहरुले सोहि न्युनत्तम तलबबाटै पानी, बत्ति, होस्टेल र यातायातको खर्च काटेर दिने हुदा कम रकम मात्रै हात पर्छ । त्यस माथि महंगीले आकाश छुन लागेको छ । सरकारले गत सालबाट खरिद गरिने  प्रत्येक बस्तुहरुमा ६ प्रतिसत GST ( Good Service tax ) कर लगाउछ । साथै अहिले पछिल्लो अवस्थामा मलेसियाको समग्र आर्थिक अवस्था एकदमै गिर्दो अवस्थामा छ । विस्वमा कच्चा तेलको मूल्य घटे संगै ओरालो लागेको यहाँको आर्थिक मन्दी अझै माथि उठ्न सकेको छैन । यसले पनि मलेसियाबाट स्वदेश भित्रिने रेमिट्यान्समा प्रतक्ष असर पुगिरहेको छ ।
त्यस माथि अबको सरकारी नयाँ नियम अनुसार परिवर्तन भएको नयाँ लेभी दरले त धेरैलाई खुत्रुक्कै नपार्ला भन्न सकिन्न । 

7 Mar 2016

पहिलो भेट नै अन्तिम हुन पुग्यो

नरेन्द्र दाई
मलेशियाको समय अनुसार बिहान नौ बजे डिउटी पस्नुपर्ने खै किन हो त्यो दिन मलाई कोठा बाट चाँडै बाहिरिन मन लाग्यो,हातमा डायरी अनि पानीको बोतल बोकेर सरासर डिउटी पोस्ट तिर लम्किएँ।डिउटिको समय अझै थोरै बाकी रहेकाले भित्र नपसी बाहिर बसेर बिहानिको चिसो हावा खादै ब्यस्त सडक तिर आँखा के दौडाएको मात्र थिएँ झलास्य सम्झिएँ अहो आज त Yogen सर पो आउने दिन साँच्ची।
कस्तो भुसुक्कै बिर्सिएछु मनमनै सोचे अनि खल्ती बाट मोबाईल निकालेर फेसबुकमा म्यासेज पठाएँ।भर्खरै नाइटडिउटी बाट आएको बहुत थकान लाग्या छ फेरि एक्लै यो लामो बाटो हिड्न उति निको लागेन दुख नमान्नु होला म अर्को पटक आउछु है नरेन्द्र सर,यस्तै रिप्लाइ पाएँ मैले थोरै गुनासो मान्दै मैले सहमति जनाएँ।गाउँघर परिवार आफन्तजन अनि देशै छोडेर सातसम्नुन्द्र पारी आउनु पर्दाको पिडाले त्यसै त मन आक्रान्त भएको हुन्छ नै उसै माथी एक्लै बस्नु पर्दाको एक्लो महसुसले मलाइ साँच्चै एक्लिएको महसुस गराउँदथ्यो।चाहे दुखमा होस चाहे सुखमा योगेन सर र मेरो बेलाबेला जमघट मेरै कोठामा हुने गर्थ्यो।त्यो पटकको भेट नहुने जोखनामा आए पछि म आफ्नै नित्य कर्ममा घोरिएँ।करिब अन्दाजी बिहानको दस बजेको हुँदो डिउटिको अबस्थाबारे भित्र एच क्यू मा रिपोर्ट बुझाएर बाहिर मुल ढोकामा पाइला के राखेको मात्र थिएँ म्यासेन्जरको घण्टी टिङ बज्यो हत्तपत्त खोलेर हेरें म्यासेज योगेन सरको रहेछ दुइजाना उभिएर खेचेको सेल्फि फोटो पठाउनु भएको रहेछ वहाँ संगै उभिने मित्रलाई चिनिन अनि प्रस्न हुत्याएँ फेरि योगेन सर प्रती प्रतिउत्तरमा वहाँले जवाफ दिनु भयो उ मेरो सालो भाइ यौटै कम्पनिमा काम गर्छौ।म न आउने खबरले तपाईं निरास भए झैँ लाग्यो त्यसैले मलाई पनि यहाँ त्यसै बस्न मन लागेन अनि लाग्यौ बाटो तपाईंको बस्तितर्फ हामी दुई सालो भेना।खुसीको सिमा रहेन,सालम देखि रावाङ सम्ममको यात्रा अबधी भरी पनि हामी सम्पर्कमा रहि रहयौ,लगभग अडाइ तीन घन्टाको यात्रा पश्च्यात मेरो प्रतीक्षाको घडी तोड्दै टुप्लुक्क सामु आइ पुग्नु भयो।योगेन सरले साथै लिएर आउनु भएको वहाँको सालोभाइ संग अपरिचित थिएँ त्यसैले आउन साथ परिचयको हात अघि बढाएँ वहाँले आफ्नो नाम मन शिवा बताउनु भयो।हँसिलो

28 Jan 2016

देशको माया

 वास्तबमा आˆनो देश जतिको प्यारो र गर्व गर्न अरु कुनै वस्तु आवस्यक नहुने रहेछ । आˆनो पहिचान भने कै आˆनो देश र देशको झण्डा हो । अरू त कैफियत कै कुरा त रहेछन् नी । हुन त हाम्रो देशको नेताहरूको ताल र तरिका देख्दा कहिले काही प|mष्ट्रेसन भएर के-के सोचिए पनि परिआएको बेला त्यही देशको मायाले मन भतभती पोल्दो रहेछ ।
                   प्रसङ्ग यो हप्ताको मेरो क्वालालम्पुर यात्रा व्याक्तिगत कामले गर्दा नेपाली दुतावासमा पनि जानु पर्ने थियो । त्यसैले त्यहाा गएको थिए । म व्याक्तिगत काम कै शिलशिलामा दुतावासका दि्वतिय सचिव